सोनु सुदले किन अस्वीकार गरे मुख्यमन्त्री पदको अफर ?

काठमाडौं । भारतीय अभिनेता सोनु सुदले आफूलाई मुख्यमन्त्री र उपमुख्यमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् ।
‘ह्युमन्स अफ बम्बे’सँगको कुराकानीमा अभिनेताले आफ्नो स्वतन्त्रता गुमाउने डरले ती प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।
‘मलाई मुख्यमन्त्री पदको प्रस्ताव आएको थियो । मैले अस्वीकार गर्दा उहाँले मलाई उपमुख्यमन्त्री बन्न आग्रह गर्नुभयो ।’ सोनूले भने– ‘उहाँ देशका धेरै ठूला व्यक्ति हुनुन्थ्यो, जसले मलाई राज्यसभाको सिट पनि प्रस्ताव गर्नुभएको थियो।’
अभिनेताले ती व्यक्तिले आफुलाई प्रस्ताव स्वीकार गर्न निकै जोड गरेको बताए । तर जनतालाई सहयोग गर्ने आफ्नो स्वतन्त्रता गुम्ने डरले आफु राजनीतिबाट टाढा रहन चाहेको अभिनेताको भनाइ छ ।
कसैप्रति जवाफदेही भएको भए अहिलेको जस्तो स्वतन्त्र रूपमा सहयोग गर्न नसक्ने उनको भनाइ छ । उनले भने, ‘मानिसहरु दुई कारणले राजनीतिमा आउँछन्– पैसा कमाउन र सत्ताका लागि, मलाई यी दुवैमा कुनै मोह छैन । यदि काम मानिसहरूलाई मद्दत गर्ने हो भने यो म पहिले नै गरिरहेको छु।’










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया