आइतबार, वैशाख १३, २०८३

सोनु सुदले किन अस्वीकार गरे मुख्यमन्त्री पदको अफर ?

मेरोन्यूज २०८१ पुष १४ गते १३:२७

काठमाडौं । भारतीय अभिनेता सोनु सुदले आफूलाई मुख्यमन्त्री र उपमुख्यमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् ।

Advertisement
NiccNicc

‘ह्युमन्स अफ बम्बे’सँगको कुराकानीमा अभिनेताले आफ्नो स्वतन्त्रता गुमाउने डरले ती प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

‘मलाई मुख्यमन्त्री पदको प्रस्ताव आएको थियो । मैले अस्वीकार गर्दा उहाँले मलाई उपमुख्यमन्त्री बन्न आग्रह गर्नुभयो ।’ सोनूले भने– ‘उहाँ देशका धेरै ठूला व्यक्ति हुनुन्थ्यो, जसले मलाई राज्यसभाको सिट पनि प्रस्ताव गर्नुभएको थियो।’

अभिनेताले ती व्यक्तिले आफुलाई प्रस्ताव स्वीकार गर्न निकै जोड गरेको बताए । तर जनतालाई सहयोग गर्ने आफ्नो स्वतन्त्रता गुम्ने डरले आफु राजनीतिबाट टाढा रहन चाहेको अभिनेताको भनाइ छ ।

कसैप्रति जवाफदेही भएको भए अहिलेको जस्तो स्वतन्त्र रूपमा सहयोग गर्न नसक्ने उनको भनाइ छ । उनले भने, ‘मानिसहरु दुई कारणले राजनीतिमा आउँछन्– पैसा कमाउन र सत्ताका लागि, मलाई यी दुवैमा कुनै मोह छैन । यदि काम मानिसहरूलाई मद्दत गर्ने हो भने यो म पहिले नै गरिरहेको छु।’

प्रतिक्रिया