मंगलबार, वैशाख १६, २०८२

ललितपुरमा इनारमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

मेरोन्यूज २०८१ पुष १४ गते १३:५०

ललितपुर । ललितपुरमा इनारमा डुबेर बालिकाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-१३ झरूवाराशी बस्ने सुर्खेत गुरूवा कोट नगरपालिका-२ घर भएका सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगीको सोही ठाउँस्थित इनारमा डुबेर शनिबार साँझ मृत्यु भएको हो ।

डुबेर अशक्त भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया