पूर्वन्यायाधीश वस्तीको निधन शोकमा सर्वोच्चका सबै मुद्दाको सुनुवाइ स्थगित
मेरोन्यूज
२०८१ पुष १४ गते १४:११

काठमाडौं। सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्चको पूर्ण बैठकले निधनप्रति शोक व्यक्त गरेर सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको हो ।
सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भइरहेका छन् ।
पूर्वन्यायाधीश वस्तीको शुक्रबार हृदयाघातका कारण निधन भएको थियो। उनको आइतबार बिहान पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि भएको थियो।
सम्बन्धित
प्रतिक्रिया