तनहुँमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
मेरोन्यूज
२०८१ पुष १४ गते १६:४८

तनहुँ। तनहुँमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
म्याग्दे गाउँपालिका-५ छाङपाटन बस्ने ७२ वर्षीया सावित्री कुमालको आगोले जलेर आइतबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा आगोले जलेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया