‘रोमियो एण्ड जुलियट’की नायिका ओलिवियाको निधन

काठमाडौँ । विश्व चर्चित फिल्म ‘रोमियो एन्ड जुलियट’ की नायिकाको निधन भएको छ ।
सन् १९६८ मा चर्चित फिल्म ‘रोमियो एण्ड जुलियट’ मा आफ्नो भूमिकाका लागि किशोरावस्थामा नै अन्तर्राष्ट्रिय चर्चामा आएकी अभिनेत्री ओलिविया हसीको ७३ वर्षको उमेरमा निधन भएको हो ।
लन्डनमा हुर्केकी अर्जेन्टिनामा जन्मेकी अभिनेत्रीको आफ्ना प्रियजनहरूलाइ छाडेर स्वर्ग प्रवेश गरेकी हुन । उनको मृत्यु भएको उनको इन्स्टाग्राममार्फत विश्वलाइ जानकारी दिइएको थियो ।
हसीले जुलियटको भूमिकाको लागि उत्कृष्ट नयाँ अभिनेत्री गोल्डेन ग्लोब जितेकी थिइन । तर दशकौं पछि उनले प्यारामाउन्ट पिक्चर्सलाई यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा हालेर झन बढी चर्चित भएकी थिइन । किनभने उनले फिल्मको नग्न दृश्य दिइएकी थिइन, जो दृश्य खिच्दा उनी केवल १५ वर्षकी किशोरी मात्रै थिइन्र ।
उनको अर्को सबैभन्दा उल्लेखनीय स्क्रिन भूमिका १९७७ मा टिभी मिनि सिरीज ‘येशू अफ नाजरथ’ मा मेरीको भुमिकामा देखा परेकी थिइन, जो जिससकी आमाको रूप हो ।
उनको निधन बाेर जानकारी दिने विज्ञप्तिमा भनिएको छ, ‘हामीले यो अपार क्षतिमा शोक व्यक्त गर्दै हामी हाम्रो जीवन र उद्योगमा ओलिभियाको स्थायी शोक मनाउन विवश छौं ।’
हसीको जन्म अर्जेन्टिनाको ब्यूनस आयर्समा १९५१ मा भएको थियो । सात वर्षको उमेरमा उनी लन्डन गएकी थिइन र त्यसपछि उनले इटालिया कोन्टी एकेडेमी ड्रामा स्कूलमा अध्ययन गरेकी थिइन् ।














काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया