काठमाडौंको कागेश्वरीमा गोली चल्यो, २ जना घाइते
मेरोन्यूज
२०८१ पुष १४ गते १८:१२

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा गोली चल्दा दुई जना घाइते भएका छन्।
शनिबार राति साढे १० बजे कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ रिद्धिसिद्धी बसपार्कनजिकै अर्जुन श्रेष्ठको घरभित्र गोली चलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो ।
गोली प्रहारबाट घरधनी श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्। उनीहरू दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीले गोली चलाएको आरोपमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ का ३७ वर्षीय साहिर शंकरलाई पक्राउ गरेको छ। प्रहरीले उनीबाट एउटा पेस्तोल, ९ राउण्ड गोली, खुकुरी लगायत सामान बरामद गरेको छ।
यस घटनामा थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया