सोमबार, वैशाख ८, २०८२

काठमाडौंको कागेश्वरीमा गोली चल्यो, २ जना घाइते

मेरोन्यूज २०८१ पुष १४ गते १८:१२

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा गोली चल्दा दुई जना घाइते भएका छन‍्।

शनिबार राति साढे १० बजे कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ रिद्धिसिद्धी बसपार्कनजिकै अर्जुन श्रेष्ठको घरभित्र गोली चलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो ।

गोली प्रहारबाट घरधनी श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्। उनीहरू दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीले गोली चलाएको आरोपमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ का ३७ वर्षीय साहिर शंकरलाई पक्राउ गरेको छ। प्रहरीले उनीबाट एउटा पेस्तोल, ९ राउण्ड गोली, खुकुरी लगायत सामान बरामद गरेको छ।

यस घटनामा थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया