नेकपा एस प्रवेश गर्न वामदेवले राखे सर्त

काठमाडौं । वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन् ।
आलोकनगरस्थित नेकपा एसको केन्द्रिय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेपछि गौतमले भने, ‘पुराना कुरा स्मरण गरियो, नयाँ आकासमा कसरी उडने भन्ने छलफल भयो, र पार्टीमा सँगै जाने बारेमा सकारात्मक कुरा भएको छ, हेरौं अब के हुन्छ ?’
पार्टी कार्यकारी राष्ट्रपतिको अजेन्डामा जानु पर्ने, अभिब्यक्ति स्वतन्त्रता हुनु पर्ने तथा केन्द्रिय सदस्य पुर्णकालिन हुनु पर्नेलगायतका सर्त राखेको उनले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष नेपालले पार्टी भित्र छलफल गरेर खबर गर्ने आश्वासन दिए पछि बैठक सकिएको थियो ।
नेकपा एसले तेस्रो मर्यादाक्रममा राखेर गौतमलाइ पार्टी भित्र प्रवेश गराउने प्रयास गरिरहेको छ, त्यसैको सिलसिलामा उनी आज नेकपा एसको केन्द्रिय कार्यालय पुगेका हुन् ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया