नेपाल र गौतमबीच भेटवार्ता, पार्टी एकताका विषयमा छलफल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार दुवै नेताबीच भेटवार्ता भएको हो।
भेटवार्तामा पार्टी एकताका लागि वैचारिक दृष्टिकोण, एकतापछि नेताहरुको जिम्मेवारी व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको थियो।
बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि दुवै नेताहरुले गरेका प्रयास, कार्यदिशा तयार गर्नेलगायत विषयमा छलफल भएको पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
जनताको बहुदलीय जनवाद पार्टीको मार्ग दर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मुल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ। एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने तथा एकता प्रकृयालाई दीर्घकालीन बनाउन दुवै नेताबीच छलफल भएको उपप्रमुख अर्यालले जानकारी दिए।
समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिकरुपमा निकट रहेका समूहहरुलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको थियो।

















राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ
पुराना दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् : सभापति लामिछाने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया