भरूवा बन्दुकसहित २ जना पक्राउ
मेरोन्यूज
२०८१ पुष १६ गते ११:४६

सर्लाही । सर्लाहीमा भरूवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।
हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिस सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका-२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया