आइतबार, वैशाख १४, २०८२

२५ लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

मेरोन्यूज २०८१ पुष १६ गते १३:५५

सुन्दरहरैँचा। सुन्दरहरैंचा नगरपालिकाले २५ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।

कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रममा २१ किसान परिवार सहभागी छन् ।

सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उनको तर्क छ । मौरीपालनले महका साथै तोरी उत्पादनमा पनि मद्दत पुग्ने उनले बताए । 

प्रतिक्रिया