३३ अंकले घट्यो सेयर बजार, काराेबार रकम साढे ५ अर्बमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।
वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अंकको गिरावट आएको छ । वित्त समूह पाँच दशमलव १९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह दुई दशमलव ७७ प्रतिशत र व्यापार समूह दशमलव ९७ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव ३८, हाइड्रोपावर एक दशमलव ७३, लगानी शून्य दशमलव ०८, जीवन बीमा शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव ५१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ३८ र निर्जीवन बिमा शून्य दशमलव ९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ०१ प्रतिशतले बढेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता शेयर किनबेच भएको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया