गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
मेरोन्यूज
२०८१ पुष १७ गते १६:१४

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीबाट ५५ बिरामी विशेष उपचारका लागि मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) लगिएको जनाएको छ । बिरामीसँगै उनीहरूका ७२ जना सहयोगीलाई पनि सँगै लगिएको छ ।
डब्लुएचओका अनुसार बिरामीमा स्वप्रतिरक्षा (अटोइम्युन) प्रणाली, रगतसम्बन्धी रोग, क्यान्सर, मुटुसम्बन्धी रोग, आँखा तथा मृगौलाको समस्या, ‘ट्रमा इन्जुरी’, नशाको समस्या र छालासम्बन्धी समस्या रहेको छ ।
गाजामा इजरायली आक्रमणका कारण सीमित स्वास्थ्य केन्द्रमा पनि स्वास्थ्यकर्मी, उपकरण, शैया र औषधीको अभाव भएको छ ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले भनेको छ, “अझै पनि १२ हजारभन्दा बढी बिरामीहरूलाई गाजा बाहिर चिकित्सकीय स्थानान्तरणको आवश्यकता छ।”
सम्बन्धित
















नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया