इलाममा घट्यो धान उत्पादन

फिक्कल (इलाम)। समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।
गत वर्ष ११ हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३९ हजार दुई सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष चार हजार एक सय ५२ मेट्रिक टन अर्थात् १० दशमलव ६४ प्रतिशतले उत्पादनमा कमी आएको केन्द्रका प्रमुख कुलबहादुर राईले जानकारी दिए । उनका अनुसार यस वर्ष गत वर्षको भन्दा धानको उत्पादकत्व घटेको छ ।
गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ४९ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३८ मेट्रिक टनमा झरेको छ । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले धान उत्पादनमा कमी आएको प्रमुख राईले बताए ।
इलाममा रन्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका तथा माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
















सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
Unorganized settlers being evacuated from Balkhu and Banshighat areas
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया