इप्पानले रजत जयन्तीका अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पिजे क्लबसँगको सहकार्यमा बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।
आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पिजे क्लबबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा आज इप्पान अध्यक्ष गणेश कार्की र पिजे क्लबका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेबीच सम्झौतापत्र आदानप्रदान भएको छ । इप्पान स्थापनाको २५ वर्ष पुगेका अवसरमा इप्पानमा आबद्ध ऊर्जा उत्पादक कम्पनीले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पिजे क्लबका अध्यक्ष द्वारिका काफ्लेले बताए । यसअनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीले पठाएको फोटोलाई पिजे क्लब र इप्पानका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायक मण्डलले छनोटगरी प्रदर्शनीमा राखिनेछ ।
यसमा आउने तस्वीरहरूबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने तस्वीरलाई क्रमशः रू ३०, २० र १० हजार राशिसहित पुरस्कृत गरिनेछ । अर्कोतर्फ पिजे क्लबकै अगुवाइमा इप्पानमा आबद्ध सदस्य कम्पनीहरूले प्रवर्द्धन गरेका आयोजनाहरूको तस्वीर सङ्कलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लवले सङ्कलन गरेका तस्वीरहरू प्रदर्शनीमा राखिए पनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्वीरहरू इप्पानको सम्पत्ती मात्रै हुनेछन् ।
सम्झौतापत्र आदानप्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पिजे क्लबबाट अध्यक्ष काफ्लेसहित महासचिव अमूल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।
फोटो प्रतियोगितामा भाग लिनका लागि यही पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरू पठाइसक्नुपर्नेछ । त्यस्तै रजतजयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशिको छोटो भिडियो/वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकाले सहभागिताका लागि इप्पानले आग्रह गरेको छ । त्यसका लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नु पर्नेछ ।

















समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया