अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ
मेरोन्यूज
२०८१ पुष १७ गते १९:५०

काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार सिनामंगलबाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अमेरिका पठाइदिने भन्दै उनीहरूले पीडितहरूबाट ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
रकम लिएर फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए। उनीहरूलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
सम्बन्धित
















दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया