सोमबार, वैशाख १५, २०८२

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट

मेरोन्यूज २०८१ पुष १८ गते २०:३०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । 

पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ ।  यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहनेछ ।  

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मुल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरुलाई एयरबड प्रदान गर्नेछ । 

ग्राहकहरुले दराजबाट न्यूनतम् रु. १,८०० को खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफुले खरिद गरेको मुल्यमा १८ प्रतिशत, रु. १८०० सम्ममात्र छुट पाउनेछन् । 

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ । 

प्रतिक्रिया