राष्ट्रपतिको शपथ खानुअघि ट्रम्पविरुद्ध जेल सजाय सुनाइँदै

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ।
न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउनेछन् भनी बीबीसीले लेखेको छ।
तर न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेसन, जरिवाना वा ससर्त रिहाइ दिने संकेत गरेका छन्।
नवनिर्वाचित राष्ट्रपति ट्रम्प सजाय सुनाउने बेला सशरीर वा भिडिओ कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।
ट्रम्पले आफ्नो चुनावी जित मुद्दा खारेज गर्नका लागि प्रयोग गर्ने प्रयास गरेका थिए। तर सकेनन्।
उनको टिमले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र यो ‘अराजक’ मुद्दा तुरुन्त खारेज गरिनुपर्ने भनेको छ।
गत वर्ष मेमा ट्रम्पलाई पोर्नस्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर दिएको प्रकरणमा दोषी ठहर गरिएको थियो।
यो रकम ट्रम्पका पूर्ववकिल माइकल कोहेनमार्फत सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्न पोर्नस्टारलाई दिइएको थियो।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यही जनवरी २० का दिन शपथ खाँदै छन्।
















दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया