राष्ट्रपतिको शपथ खानुअघि ट्रम्पविरुद्ध जेल सजाय सुनाइँदै

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ।
न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउनेछन् भनी बीबीसीले लेखेको छ।
तर न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेसन, जरिवाना वा ससर्त रिहाइ दिने संकेत गरेका छन्।
नवनिर्वाचित राष्ट्रपति ट्रम्प सजाय सुनाउने बेला सशरीर वा भिडिओ कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।
ट्रम्पले आफ्नो चुनावी जित मुद्दा खारेज गर्नका लागि प्रयोग गर्ने प्रयास गरेका थिए। तर सकेनन्।
उनको टिमले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र यो ‘अराजक’ मुद्दा तुरुन्त खारेज गरिनुपर्ने भनेको छ।
गत वर्ष मेमा ट्रम्पलाई पोर्नस्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर दिएको प्रकरणमा दोषी ठहर गरिएको थियो।
यो रकम ट्रम्पका पूर्ववकिल माइकल कोहेनमार्फत सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्न पोर्नस्टारलाई दिइएको थियो।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यही जनवरी २० का दिन शपथ खाँदै छन्।













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया