सिन्धुलीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ
मेरोन्यूज
२०८१ पुष २१ गते १३:४८

काठमाडौं । सिन्धुलीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ स्थित चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । सार्कीलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घरायसी विवादको क्रममा बुवा डोमान सिंहले गल प्रहार गर्दा ४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका लिलाबहादुरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया