मंगलबार, वैशाख १६, २०८२

संघीय निजामती विधेयकभित्रको ट्रेड युनियनको विषयलाई ठुलो बनाउनु गलत : महेश बर्तौला

मेरोन्यूज २०८१ पुष २१ गते १५:३२

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय निकै सानो भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित संघीय निजामती सेवा विधेयकका सम्बन्धमा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रममा सचेतक बर्तौलाले यस्तो बताएका हुन् । ‘संघीय निजामती विधेयकभित्रको यो ट्रेड युनियनको विषय निकै सानो विषय हो तर यसलाई सबैभन्दा ठुलो बनाएर अन्य विषयलाई ओझलमा पार्ने प्रयत्न अहिलेका ट्रेड युनियनका साथीहरुले नै गरिरहनुभएको छ’ यो बेठिक हो’ उनले भने ।

संसदमा वा संसदीय समितिमा सांसदहरूले उठाएका विषयमा अदालतले पनि प्रश्न उठाउन नपाउने सचेतक बर्तौलाको भनाइ छ ।

मिडियाको हेडलाइनलाई आधार बनाएर ठूलो ट्रेड युनियनको रूपमा रहेको ट्रेड युनियनका अध्यक्षले धम्कीपूर्ण रूपमा विज्ञप्ति निकालेको भन्दै उनले आपत्ति जनाएका छन् । सरकारले महत्व दिएर अगाडि बढाएको विधेयक माथि यस्तो प्रश्न उठ्नु राम्रो नभएको भन्दै राम्रो काम गर्न खोज्दा पनि गलत भएको उनले बताए।

यो विधेयकलाई टुंग्याउनका लागि प्रधानमन्त्रीले पनि पटक पटक छलफल गरिरहेको सचेतक बर्तौलाले स्पष्ट पारे ।

सोही अवसरमा संगठनका अध्यक्ष लेखनाथ कोइरालाले विधेयक संशोधनको प्रस्ताव ९ बर्ष देखि सदनमा अड्किएकोले छिटो निकास दिनुपर्ने बताए । नेपाल निजामती कर्मचारी संगठनले नागरिकको पक्षमा काम गर्ने र सामाजिक सेवा समेत गर्दै आएको बताए । उनले ६९ जिल्लामा सहकारी संस्था समेत खोली सेवा प्रदान गर्दै आएको बताए । उनले नेपाल निजामती कर्मचारी संगठनको अवधारणाका बारेमा २०६२ साल चैत्र ३० गते ७ राजनैतिक पार्टीका शीर्ष नेताहरुले प्रेस नोट जारी गर्दै कर्मचारीलाई लोकतन्त्रको पक्षमा उत्रन आव्हान गरेकै हुन् । यसकै आधारमा देशव्यापी आन्दोलनमा उत्रिएका कति कर्मचारीको जागिर समेत गएको थियो । अब केन्द्रीय ऐन छिटै आउनुपर्छ भने। 

प्रतिक्रिया