टीकापुर महोत्सव यही पुस २५ देखि

टीकापुर । टीकापुर महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेबाट सुरु हुने महोत्सवको तयारीअन्तर्गत पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव हुन लागेको हो ।
वाणिज्य सङ्घका महासचिव नवराज रिमालले भन्नुभयो, ‘‘महोत्सवमा सर्वसाधारणका लागि रु एक सय टिकट शुल्क लाग्नेछ विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइने छ भने महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् ।’’ महोत्सवमा थारु कला र संस्कृति झल्कने सङ्ग्रहालय राखिने जनाइएको छ । यसवर्ष महोत्सवस्थलको क्षेत्रफल बढाइएको छ । अघिल्लावर्षको तुलनामा स्टल र प्रवेशद्वारको स्थान परिवर्तन गरिएको छ । विगतमाझैँ कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी राखिने भएको छ । महोत्सवभित्र जम्मा दुई सय स्टल रहने छन् ।
पण्डालभित्र एक सय २७ व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । पण्डालबाहिर २६ वटा होटल रहने छन् । थारु गाउँमा २४, अटोमोबाइलमा १४, मोटरसाइकल र कृषि उद्यमी गरी नौ स्टल रहने जनाइएको छ । वाणिज्य सङ्घले महिला उद्यमीलगायतलाई गरी पाँच वटा स्टल निःशुल्क उपलब्ध गराएको छ ।
हालसम्म ९० प्रतिशत स्टल बुक भइसकेको वाणिज्य सङ्घका सदस्य तथा स्टल संयोजक बमबहादुर ओलीले बताउनुभयो । वाणिज्य सङ्घको आयोजनामा विसं २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।
















नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया