टीकापुर महोत्सव यही पुस २५ देखि

टीकापुर । टीकापुर महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेबाट सुरु हुने महोत्सवको तयारीअन्तर्गत पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव हुन लागेको हो ।
वाणिज्य सङ्घका महासचिव नवराज रिमालले भन्नुभयो, ‘‘महोत्सवमा सर्वसाधारणका लागि रु एक सय टिकट शुल्क लाग्नेछ विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइने छ भने महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् ।’’ महोत्सवमा थारु कला र संस्कृति झल्कने सङ्ग्रहालय राखिने जनाइएको छ । यसवर्ष महोत्सवस्थलको क्षेत्रफल बढाइएको छ । अघिल्लावर्षको तुलनामा स्टल र प्रवेशद्वारको स्थान परिवर्तन गरिएको छ । विगतमाझैँ कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी राखिने भएको छ । महोत्सवभित्र जम्मा दुई सय स्टल रहने छन् ।
पण्डालभित्र एक सय २७ व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । पण्डालबाहिर २६ वटा होटल रहने छन् । थारु गाउँमा २४, अटोमोबाइलमा १४, मोटरसाइकल र कृषि उद्यमी गरी नौ स्टल रहने जनाइएको छ । वाणिज्य सङ्घले महिला उद्यमीलगायतलाई गरी पाँच वटा स्टल निःशुल्क उपलब्ध गराएको छ ।
हालसम्म ९० प्रतिशत स्टल बुक भइसकेको वाणिज्य सङ्घका सदस्य तथा स्टल संयोजक बमबहादुर ओलीले बताउनुभयो । वाणिज्य सङ्घको आयोजनामा विसं २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।













टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया