सडक फराकिलो पार्न दरवाङवासीले पेटी र टहरा भत्काए

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुुर्त रूपमा पेटी र टहरा भत्काएका छन् । मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर भएर पेटी र टहरा भत्काएर योजना कार्यान्वयनमा सहज बनाएका बताए।
सडक विस्तार र स्तरोन्नतिका क्रममा प्रभावित क्षेत्रका घरधनीको अवरोध र विवादका कारणले प्रभावित भएको अवस्थामा दरवाङको तल्लो बजारका बासिन्दाले उदाहरण प्रस्तुुत गरेका उनले बताए। हाल तीन दशमलव पाँच मिटर फराकिलो सडकलाई पाँच दशमलव पाँच मिटर फराकिलो बनाउन दायाँबायाँका संरचना हटाएका हुन् । दरवाङ बजारको अर्को टोलमा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित सडक विस्तार आयोजना प्रभावित क्षेत्रका केही घरधनीको विवादका कारण प्रभावित बनेको छ ।
मालिका गाउँपालिकाले चालुु आर्थिक वर्षमा रु ४९ लाख बजेट विनियोजन गरेको दरवाङ बजार बाटो स्तरोन्नति योजनाअन्तर्गत हाल सडक फराकिलो बनाउने, नाली र टेवा पर्खाल निर्माणको काम भइरहेको उपभोक्ता समितिका सचिव कृष्णप्रसाद आचार्यले बताए।
हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दायाँ र बायाँ करिब चार सय मिटर लामो नाली निर्माणको काम थालिएको सचिव आचार्यले बताए। पक्की नाली निर्माण भएपछि ढलान र कालोपत्र गरेर अर्को वर्ष सडकलाई पक्की बनाउने योजना छ । तीन सय बढी घर रहेको दरवाङ बजारको अन्य टोलमा यसअघिका वर्षमा पक्की नाली र सडक निर्माण भएको थियो ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
प्रतिक्रिया