गोविन्दासँग बिहे गर्न चाहन्थिन् रविना टण्डन

काठमाडौं । अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले रविना टण्डन र शिल्पा शेट्टीसँग राम्रो सम्बन्ध रहेको बताएकी छन् ।
रविनाले आफुले पहिला गोविन्दालाई भेटेको भए उनीसँग विवाह गर्ने बताएको पनि सुनिताले खुलासा गरेकी छिन् ।
हिन्दी रशलाई दिएको एक अन्तर्वार्तामा सुनिताले गोविन्दासँग सेटमा जाँदा शिल्पा, रविना र मनिषा कोइरालाजस्ता अभिनेत्रीहरूसँग धेरै रमाइलो गर्ने गरेको बताइन् । उनले भनिन्– ‘सुटिङपछि हामी सबैले सँगै खाना खान्थ्यौँ । गोविन्दाको सह–कलाकारसँग राम्रो सम्बन्ध थियो । रविना अझै भन्छिन् कि ‘गोविन्दा तिमीले मलाई पहिले भेटेको भए म तिमीसँग बिहे गर्ने थिएँ ।’ मैले उनलाई भनेँ- ‘लैजाउ, त्यसपछि थाहा हुनेछ।’
९० को दशकमा गोविन्दा र रविनाको जोडी बलिउडको हिट जोडी मध्ये एक थियो । उनीहरुले परदेशी बाबु, आन्टी नम्बर १, बडे मियाँ छोटे मियाँ र आखियों से गोली मारे जस्ता चलचित्रमा सँगै काम गरेका छन् ।













देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया