चीन भूकम्प: कहाँ कति भयो क्षति ?

काठमाडाैं । चीनमा मंगलबार गएकाे शक्तिशाली भूकम्पमा परी हालसम्म ९५ जनाको मृत्यु भएको छ ।
चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँ केन्द्रविन्दु भएर गएको उक्त भूकम्पमा परी १३० जना घाइते भएका छन् ।
भूकम्पपछि चीनका राष्ट्रपति सी जिनपिङले जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।
भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो । केही असर देखिएपनि यहाँ मानवीय क्षति भने भएको छैन ।
प्रहरीका अनुसार, काठमाडौंको स्युचाटारमा एक व्यक्तिलेले छतबाट हाम फालेका छन् । ती व्यक्तिको दुवै खुट्टामा चोट लागेको छ । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै बारामा ११ विद्यार्थी बेहोस भएका छन् । तर, उनीहरूको अवस्था अहिले सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भूकम्पका कारण सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घरमा क्षति पुगेको छ ।
सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक/एक घरमा क्षति पुगेको छ ।
यस्तै सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ । क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।
भूकम्पपछि चीन सरकारले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।
नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो।
२१ दिनको अवधिमा नेपालमा ४ म्याग्निच्युडमाथिका ११ वटा भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पुस २ यता मंगलबारसम्मको अवधिमा ११ वटा भूकम्प रेकर्ड भएको हो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया