अवैध कल सेन्टर सञ्चालन गर्ने २ भारतीय नागरिकसहित ५३ जना पक्राउ

काठमाडौं । अवैध कल सेन्टर सञ्चालनमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसहित ५३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडामा लिई कल सेन्टर सञ्चालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीहरूलाई ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायतका इलेक्ट्रोनिक्स उपकरणहरूसहित पक्राउ गरिएको छ।
कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायतका ग्याम्ब्लिङ एप्सहरूको दुरूपयोग गरी डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाएर सट्टाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।
पक्राउमध्ये दुई जना भारतीय नागरिकसमेत सात जना उपर सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
















पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया