सल्यानमा ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष २४ गते १२:०६

काठमाडौँ । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार छत्रेस्वरी गाउँपालिका-१ भालुमारेदेखि मैयनीतर्फ कम्पोष्ट मल बोकेर जाँदै गरेको लु.प्र. ०२०० त ००१२ ट्रयाक्टर बिहान साढे आठ मा उछिट्टेगौरामा पल्टिँदा छत्रेस्वरी गाउँपालिकाकै ४९ का क्षेत्रबहादुर खत्रीको मृत्यु भएको हो ।
सुन्तला बगैँचामा हाल्न मल ल्याउँदै गरेको बेलामा ट्रयाक्टर पल्टिँदा उनलाई ट्रलीले च्यापिएका थिए । सोही घटनास्थलमै खत्रीको मृत्यु भएको हो । हाल मृतकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
चालक बाग्चौर नगरपालिका ९ बस्ने वर्ष ३५ का सुरेश चन्द फरार रहेका र उनको खोजी भइरहेको छ ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया