पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु

पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्यूजले जनाएको छ ।
एआरवाई न्यूजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ ।
घटना बिहीबार स्थानीय समय अनुसार ४ः०० बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए ।
एआरवाई न्यूजले रिपोर्ट गरेको अनुसार फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ । अहिलेसम्म बरामद गरिएका शवहरू तीन हजार फिट गहिराइमा थिए । विस्फोटका कारण खानी भत्किएको थियो र उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गर्न काम गरिरहेका छन् ।
एआरवाई न्यूजका अनुसार चुनौतीपूर्ण मौसमका कारण सहयोगमा जटिलता आएको छ ।
यस्तै एउटा घटना मार्च सन् २०२४ मा बलुचिस्तानको हरनाईमा रहेको कोइला खानीमा १८ जना खानीमा फसेको थियो । उद्धारकर्ताहरूले सफलतापूर्वक १२ शवहरू निकाले र छ जना घाइतेहरूलाई उद्धार गरियो ।
















बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया