अर्थसहित तीनवटा समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ पुष २८ गते ६:४३

काठमाडौं। संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छ ।
संघीय संसद सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्ने छन् ।
जसअनुसार अर्थ समिति बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । सो बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुने समितिले जनाएको छ ।
उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ । जसका लागि अपरान्ह १२ः१५ बजे बैठक बोलाइएको छ ।
साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
सम्बन्धित











ठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
खोटाङको धन्नेश्वरी गुफा सरसफाइ
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया