टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला
मेरोन्यूज
२०८१ पुष २८ गते ८:४९

टीकापुर (कैलाली)। टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क रु २० राख्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, “उद्यान घुम्न आउने अधिकांशले तत्कालीन राजा वीरेन्द्र बसेको घर कस्तो छ भनी हेर्न इच्छुक व्यक्त गर्ने भएकाले बाटिका सर्वसाधारणको अवलोकनका लागि आगामी माघ महिनादेखि खुला गर्न लागेका हौँ ।”
विसं २०४३ मा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२ कोठा छन् । तत्कालीन समयमा तत्कालीन राजा वीरेन्द्र बेला बेलामा टीकापुर आउँदा यही बाटिकामा बस्ने गरेको बताइन्छ ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया