शुक्रबार, वैशाख १८, २०८३

चेक गणतन्त्र : रेष्टुरेन्टमा आगलागी हुँदा ६ जनाको मृत्यु

मेरोन्यूज २०८१ पुष २८ गते १५:१६

काठमाडौँ । चेक गणतन्त्रको उत्तरपश्चिमी शहरको एक रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

Advertisement
NiccNicc

स्थानीय दमकल सेवाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “ग्यास हिटर विष्फोटपछि आगो निकै तीव्र गतिमा फैलिएको थियो।”

राजधानी प्रागबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा पर्ने मोस्ट सहरको एक हाउजिङ क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

स्थानीय समयअनुसार शनिबार राति २२ः१७ बजेबाट शुरु भएको आगो मध्यरातसम्म नियन्त्रणमा आएको दमकल सेवाले जनाएको छ ।

“सबै प्रयासका बावजुद आगलागीबाट छ जनाको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ।

घटनामा अन्य आठ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई मोस्टको प्राग र उस्ती नाद लाबेमको क्षेत्रीय राजधानीमा रहेका अस्पतालहरूमा लगिएको थियो।

आन्तरिक मामिलामन्त्री भिट राकुसनले अग्निनियन्त्रकहरूले रेष्टुरेन्ट र नजिकैको फ्ल्याटको ब्लकबाट करिब ३० जनालाई बाहिर निकालेको बताएका छन्।

प्रतिक्रिया