अर्थसहित पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् ।
जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुइ वटा अजेन्डामा छलफल हुनेछ । जसअनुसार पहिलो अजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा छलफल गरिनेछ भने दोस्रो अजेन्डामा परराष्ट्र मन्त्रालयको आर्थिक बर्ष २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमामा छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयकका सबन्धमा सुचना तथा सञ्चार मन्त्रालयसँग सबन्धित बुदाँमा छलफल हुनेछ ।
अपरान्ह १२ः३० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा विश्वबिधालय सबन्धी बिधेयकमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ । जसका लागि स्वास्थ्य मन्त्री प्रदिप पौडेललगायतलाइ आमन्त्रित गरिएको समितिले जनाएको छ ।













भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश
प्रतिक्रिया