पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज पाँच वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत संघीय संसद, प्रतिनिधि सभा अन्तरर्गत, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ।
यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गर्ने तय भएको छ । बैठक बिहान साढे १० बजे बस्नेछ ।
राष्ट्रिय सभा अन्तर्गतका पनि २ वटा समितिका बैठक पनि बस्दैछन्। दिउँसो साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल जारी रहनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।













भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
घट्यो पेट्रोलियम पदार्थको मूल्य
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश
प्रतिक्रिया