भारतीय सेनासँगको मुठभेडमा कम्तीमा ५ नक्सलवादी विद्रोहीको मृत्यु, २ प्रहरी घाइते

रायपुर । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ ।
भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका नक्सलवादी विद्रोहीहरूले दशकौँ लामो विद्रोहको नेतृत्व गरिरहेका छन् । विद्रोहका क्रममा हजारौँ मानिसको ज्यान गुमेको छ ।
छत्तीसगढराज्यको बीजापुर जिल्लाको घना जङ्गलमा भएको भिडन्तको वर्णन गर्दै प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भने, “सुरक्षा बलले नक्सलवादी लडाकूका पाँच जनाको शव फेला पारेको छ ।”
अर्को एक घटनामा बीजापुर जिल्लामा एउटा घरेलु बारुदी सुरङ्ग विस्फोट हुँदा दुई जना प्रहरी घाइते भएका छन्।
सरकारी फौजले दशकौँदेखि चलेको नक्सलवादी आन्दोलनलाई परास्त गर्न प्रयास तीव्र पारेको छ । मुठभेडमा सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका छन् ।
सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लापछि नक्सलवादी भनेर चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित मानिन्छन् ।
गत वर्ष करिब एक हजार सन्दिग्ध नक्सलवादीलाई पक्राउ गरिएको थियो भने ८३७ जनाले आत्मसमर्पण गरेका थिए ।
भारतका गृहमन्त्री अमित शाहले सन् २०२६ को मार्चसम्म नक्सलवादी विद्रोहीलाई पूर्णरूपमा परास्त गर्ने पटक पटक घोषणा गरेका छन् ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया