सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध
मेरोन्यूज
२०८१ पुष २९ गते १६:२४

सोलुखुम्बू । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ ।
हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय लाग्ने उनले बताए ।
सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ । माथिल्लो सोलुखुम्बूमा यसअघि नै हिमपात भए तल्लो सोलुमा भने यसवर्ष पहिलो पटक हिमपात भएको हो । हिउँ परेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
सम्बन्धित
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया