सर्लाहीमा बन्धक १५ वर्षीय भारतीय बालकको सकुशल उद्धार, तीनजना पक्राउ

काठमाडौं । सर्लाहीमा बन्धक भारतका १५ वर्षीय बालकलाई सर्लाही प्रहरीले सकुशल उद्धार गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट बालकलाई उद्दार गरेको हो ।
अपहरण आरोपमा तीनजनालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा घर धनी ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय बिक्रम पासवान र बिहार राज्य जिल्ला सितामढी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने राम पुकार साहको छोरा २७ वर्षीय प्रवचन साह रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनीहरूबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, मोबाइल १ थान, धारिलो चक्कु १ थान, हथौडा १ थान र बी.आर. ०६बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
प्रवक्ता श्रेष्ठले बालकलाई सुरक्षित रूपमा उद्दार गरी परिवारको जिम्मा लगाएको बताए ।
पक्राउ पर्नेकालाई अपहरण, शारीरिक बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
















पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया