बिहीबार, वैशाख २४, २०८३

२५ एसपी एसएसपीमा बढुवा सिफारिस

मेरोन्यूज २०८१ माघ १ गते ७:१३

काठमाडौं । सरकारले नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेकाे छ । चर्काे राजनीतिक दवावका कारण याे बढुुवा लामाे समय राेकिएकाे थियाे ।

Advertisement
NiccNicc

बढुवामा एसपी रमेश थापा १ नम्बरमा , अजय केसी दुई र अनुपशमशेर जबरा तेस्राे नम्बरमा सिफारिस भएका छन् ।

पुस २९ गते बसेको बढुवा समितिको बैठकले २५ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो।

  प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले जनाएको छ।

प्रतिक्रिया