धनुषाधाममा मकर मेला
मेरोन्यूज
२०८१ माघ १ गते १५:२९

महेन्द्रनगर (धनुषा) । यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा आज बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ । मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ ।
मेलामा देशका विभिन्न भागका साथै भारतबाट पनि धेरै श्रद्धालु आउने गरेका छन् । सीता स्वयम्वरका बेला श्रीराम धनुष उठाउँदा त्यसको एक टुक्रा आकाश, अर्को पाताल र बीचको भाग धनुषाधाममा झरेको किंवदन्ती छ ।
धनुषको टुक्रा खसेको जनकपुरधामको पोखरी धनुष सागरका नामले चिनिन्छ । यो स्थानमा धनुष बाबाको मन्दिर पनि छ जहाँ हरेक वर्ष माघमा मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्प एवं जल अर्पण गर्ने चलन छ । पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि सय रामेश्वरमको दर्शन गरेको पुन्य प्राप्त हुने जनविश्वास छ ।
सम्बन्धित













बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता
बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा विधायन समितिले सुरक्षा निकायसँग छलफल गर्ने
कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
US ambassador pays farewell call to President Paudel
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया