अर्थसहित संघीय संसदका ४ समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसदका चार समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार अर्थसहित चार समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जहाँ नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुने जनाइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया