सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक जारी
मेरोन्यूज
२०८१ माघ २ गते १०:२८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन् ।बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन् ।
बैठकमा रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् ।माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन् ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया