यू- १९ महिला टी- २० विश्वकप : अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले हार्यो नेपाल

काठमाडौं। नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।
नेपाल आइसिसी यु–१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको हो ।
अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो ।
मंगलबार मलेसियाको रोयल रोयल सेलान्गोर क्लबमा नेपालले प्रस्तुत गरेको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।अमेरिकाका लागि इसानी वाघेलाले २४ र पूजा शाहले १० रन बनाउन सफल भएका थिए ।,
नेपालका लागि रिया शर्माले तीन र कप्तान पूजा महतोले एक विकेट लिएका हुन ।
त्यसअछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि साना प्रविनले १२ र पूजा महतोले १० रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले समान एक विकेट लिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया