भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
मेरोन्यूज
२०८१ माघ २ गते २०:४२

जलेश्वर (महोत्तरी) । २७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज जिल्ला सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मीले खोजी, उद्धार र उपचारसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जलेश्वर नगरपालिका– २ स्थित दुर्गा चोकमा सुरक्षाकर्मीले उक्त कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस शाखा कार्यालयको संयुक्त टोलीले भूकम्पका बेला हुनसक्ने भौतिक तथा मानवीय हानीनोक्सानीका बेला गरिने खोजी, उद्धार र उपचार प्रक्रियाबारे कृत्रिम अभ्यास प्रस्तुत गरेका थिए ।
उक्त प्रदर्शनी पश्चात प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले नगरवासीलाई भूकम्पबाट बच्न, बचाउन अपनाउनुपर्ने सावधानीका बारेमा बताउनुभएको थियो । कृत्रिम अभ्यास हेर्न सयौँको सङ्ख्यामा सर्वसाधारण जम्मा भएका थिए
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया