तरकारीखेतीमा वडाध्यक्ष ‘चौधरी’

तुलसीपुर (दाङ) । यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् ।
उनी सो वडाका वडाध्यक्ष पनि हुन् । वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन् ।
“तरकारीखेती हाम्रो पुरानो पेसा हो”, उनले भने, “म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिन ।” करिब तीन कठ्ठा जमिनमा उनले गोलभेडाखेती गरेको छ । अन्यमा केराउ, प्याज, लसुनखेती गरेको छ । चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनी तीन बाली खेती लगाउने गर्छन् । कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ ।
वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा छन् । साउनमा काँक्रा, सिमी र बोडी रोप्ने गर्छन् । असोजमा गोलभेडा, केराउ रोप्ने गरेको उनी बताउँछन् ।
“जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने, “तर, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस् ।”
उनले उत्पादन गरेको तरकारीले उचित बजार भने पाउन सकेको छैन । भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उनको गुनासो छ । चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उनले बताए । हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ ।
गोलभेडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उनले वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएको छ । उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए ।













पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया