बेलायती बैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला

लन्डन। बेलायतका वैज्ञानिकहरूले भर्खरै अक्सफोर्ड शायर, बेलायतको खानीमा एउटा अचम्मको कुरा भेटेका छन, लगभग २०० डायनासोरको खुट्टाको छाप उनीहरूले भेटेका हुन ।
यी निशान जुरासिक कालका हुन् र करिब १६ करोड ६० लाख वर्ष पुरानो मानिने यो खोजले अनुसन्धानकर्ताहरूलाई रोमाञ्चित बनाएको छ। यो खोज बेलायतको इतिहासमा आफ्नो प्रकारको सबैभन्दा ठूलो खोज मानिएको छ।
अन्वेषकहरूका अनुसार यी पदचिह्नहरू विशाल डायनासोर राजमार्गको अंश हुन सक्छन्, जुन डायनासोरहरूले त्यस समयमा लिएको बाटोको चिन्ह देखाएको छ । यो राजमार्गमा ९ मिटर लामो सिकारी डायनासोर र मेगालोसोरस जस्ता शाकाहारी डायनासोरको खुट्टाको छाप भेटिन पुगेकाे हाे । अन्वेषकहरूले विश्वास गर्छन् कि यी डायनासोरहरू समुद्र तटमा वा खानाको खोजीमा गएको बेला यो पद चिन्ह गढिएर बसेको थियो ।
यो खोज खानी ग्यारी जोन्सनले गरेका थिए, जसले २०२३ मा सडक निर्माणका लागि चुनढुङ्गा निकाल्ने क्रममा यी अनौठो देखिने क्रेटरहरू देखेका थिए। त्यस बेलादेखि यो अनौठो खोजले जीवाश्मविद्हरूको ध्यान आकर्षित गर्यो। अक्सफोर्ड र बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरूले यी पदचिह्नहरू अध्ययन गरेका थिए । अन्तमा यो पत्ता लगाए कि यी चिन्हहरू जटिल नेटवर्कमा जोडिएका छन्।
युनिभर्सिटी अफ बर्मिङ्घमले एक प्रेस विज्ञप्ति जारी गर्दै, यो खोजले जुरासिक कालमा डायनासोरको जीवन र व्यवहार बुझ्न मद्दत गर्ने बताएको छ । यो ट्र्याक वे समुद्री किनारमा बनेको हुनसक्ने वैज्ञानिकहरुको विश्वास गरेका छन किनभने त्यसबेला समुद्र र जमिनको बीचमा दूरी केही मात्रामा थियो र डाइनोसरले त्यो बेला यो क्षेत्र हिडडुलका लागि प्रयोग गरिरहेको खुलेको छ ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया