बेलायती बैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला

लन्डन। बेलायतका वैज्ञानिकहरूले भर्खरै अक्सफोर्ड शायर, बेलायतको खानीमा एउटा अचम्मको कुरा भेटेका छन, लगभग २०० डायनासोरको खुट्टाको छाप उनीहरूले भेटेका हुन ।
यी निशान जुरासिक कालका हुन् र करिब १६ करोड ६० लाख वर्ष पुरानो मानिने यो खोजले अनुसन्धानकर्ताहरूलाई रोमाञ्चित बनाएको छ। यो खोज बेलायतको इतिहासमा आफ्नो प्रकारको सबैभन्दा ठूलो खोज मानिएको छ।
अन्वेषकहरूका अनुसार यी पदचिह्नहरू विशाल डायनासोर राजमार्गको अंश हुन सक्छन्, जुन डायनासोरहरूले त्यस समयमा लिएको बाटोको चिन्ह देखाएको छ । यो राजमार्गमा ९ मिटर लामो सिकारी डायनासोर र मेगालोसोरस जस्ता शाकाहारी डायनासोरको खुट्टाको छाप भेटिन पुगेकाे हाे । अन्वेषकहरूले विश्वास गर्छन् कि यी डायनासोरहरू समुद्र तटमा वा खानाको खोजीमा गएको बेला यो पद चिन्ह गढिएर बसेको थियो ।
यो खोज खानी ग्यारी जोन्सनले गरेका थिए, जसले २०२३ मा सडक निर्माणका लागि चुनढुङ्गा निकाल्ने क्रममा यी अनौठो देखिने क्रेटरहरू देखेका थिए। त्यस बेलादेखि यो अनौठो खोजले जीवाश्मविद्हरूको ध्यान आकर्षित गर्यो। अक्सफोर्ड र बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरूले यी पदचिह्नहरू अध्ययन गरेका थिए । अन्तमा यो पत्ता लगाए कि यी चिन्हहरू जटिल नेटवर्कमा जोडिएका छन्।
युनिभर्सिटी अफ बर्मिङ्घमले एक प्रेस विज्ञप्ति जारी गर्दै, यो खोजले जुरासिक कालमा डायनासोरको जीवन र व्यवहार बुझ्न मद्दत गर्ने बताएको छ । यो ट्र्याक वे समुद्री किनारमा बनेको हुनसक्ने वैज्ञानिकहरुको विश्वास गरेका छन किनभने त्यसबेला समुद्र र जमिनको बीचमा दूरी केही मात्रामा थियो र डाइनोसरले त्यो बेला यो क्षेत्र हिडडुलका लागि प्रयोग गरिरहेको खुलेको छ ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया