युद्धविराम घोषणाको अनुमोदन गर्न इजरायली मन्त्रिपरिषद् बैठक बस्दै

कतारको प्रयासको १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भएकाे छ ।
इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुने मध्यस्थकर्ता कतारले जनाइसकेकाे छ ।
र, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि गाजा पट्टीमा हमासले बन्धक बनाएका मानिसहरूलाई फिर्ता गर्न युद्धविराम सम्झौता भएको छ । ‘हामी शुक्रबार ९१७ जनवरी २०२५० मा सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाउनेछौँ र त्यसपछि सरकारले सम्झौता अनुमोदन गर्नेछ,’ उनले भने ।
यो उल्लेखनीय छ कि इजरायल र हमास बीच चलिरहेको भीषण युद्ध रोक्न लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम सम्झौतामा बिहीबार (जनवरी १६) मा क्याबिनेट मतदान स्थगित गरेको थियो। यस सम्झौता अन्तर्गत गाजा पट्टीमा जारी युद्ध रोकिनेछ र दर्जनौं बन्धकहरूको रिहाई सुनिश्चित गरिनेछ ।
यस्ताे छ प्रकियाः
जसअनुसार इजरायलले हमासलाई आफ्ना सबै बन्धकहरूलाई रिहा गर्न आग्रह गरेको छ। बदलामा हमासले पनि इजरायलसँग आफ्नो हिरासतमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न माग गरेको छ। स्रोतका अनुसार दुईबीच युद्ध रोक्नको लागि भएको यो सम्झौता सुरुका केही साताका लागि मात्रै हो ।
समाचार अनुसार युद्बबिराम सम्झौता तीन चरणमा लागु हुनेछ । जसअनुसार सम्झौताको पहिलो चरणअन्तर्गत हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। जसमा विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धा समावेश हुनेछन् ।
दोस्रो चरणमा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्नेछ। यस अवधिमा दुबै पक्षले आफ्नो सैन्य कारबाही रोक्नेछन् ।
तेस्रो चरणमा बाँकी रहेका शव फिर्ता गर्ने काम हुनेछ । यसपछि इजिप्ट, कतार र संयुक्त राष्ट्र संघको रेखदेखमा गाजामा पुनर्निर्माणको काम सुरु गरिने जनाइएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया