वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ
मेरोन्यूज
२०८१ माघ ४ गते २१:३०

काठमाडौँ । जिल्ला अदालत काठमाडौंको परिसर बाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी रहेको परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनीसहितका व्यक्तिहरूले बुधबार पौने ४ बजेतिर दक्षिण गेट बाहिर जेब्रा क्रसिङबाट सडक पार गर्नेक्रममा कुटपिट भएको हो।
प्रहरीले केसीलाई पक्राउ गरेको भएपनि अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका केसीमाथि ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतमा म्याद थप भएको हो।
प्रहरी वृत्त सिंहदरबारले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया