वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ
मेरोन्यूज
२०८१ माघ ४ गते २१:३०

काठमाडौँ । जिल्ला अदालत काठमाडौंको परिसर बाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी रहेको परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनीसहितका व्यक्तिहरूले बुधबार पौने ४ बजेतिर दक्षिण गेट बाहिर जेब्रा क्रसिङबाट सडक पार गर्नेक्रममा कुटपिट भएको हो।
प्रहरीले केसीलाई पक्राउ गरेको भएपनि अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका केसीमाथि ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतमा म्याद थप भएको हो।
प्रहरी वृत्त सिंहदरबारले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया