खो खो विश्वकपमा आज नेपाल र भारतबीच उपाधिकाे भिडन्त
मेरोन्यूज
२०८१ माघ ६ गते ९:४८

काठमाडौं । खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको फाइनल खेल हुँदैछ । दुवैतर्फ नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको फाइनल खेल भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा बेलुका ७ बजे सुरु हुनेछ । यस्तै पुरुषतर्फको खेल राति सवा ८ बजे सुरु हुनेछ ।नेपालको महिला टोली समूह सीबाट अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुरुष टोली समूह ‘ए’को उपविजेता हुँदै फाइनल पुगेको हो ।
पुरुषतर्फ नेपालले सेमिफाइनलमा इरालाई हराएको थियो भने महिलातर्फ युगाण्डालाई पराजित गरेको थियो ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया