सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि

सिरहा । सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता सदरमुकाम सिरहामा रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ । यस प्रतियोगितामा सिरहा नगरपालिकाका २२ वडामध्ये १७ वटा वडाले आफ्नो सहभागिता जनाउने उनले जानकारी दिए ।
नगर क्षेत्रमा क्रियाशील युवा खेलाडीलाई समेटी उनीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगरप्रमुख डा. नवीनकुमार यादवले बताए । उनले युवाहरूलाई कुलतबाट बचाउन र विदेश पलायन हुनबाट रोक्न यो प्रतियोगिताको विशेष महत्त्व रहने धारणा व्यक्त गरे । प्रतियोगितामा विजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया