सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि

सिरहा । सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता सदरमुकाम सिरहामा रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ । यस प्रतियोगितामा सिरहा नगरपालिकाका २२ वडामध्ये १७ वटा वडाले आफ्नो सहभागिता जनाउने उनले जानकारी दिए ।
नगर क्षेत्रमा क्रियाशील युवा खेलाडीलाई समेटी उनीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगरप्रमुख डा. नवीनकुमार यादवले बताए । उनले युवाहरूलाई कुलतबाट बचाउन र विदेश पलायन हुनबाट रोक्न यो प्रतियोगिताको विशेष महत्त्व रहने धारणा व्यक्त गरे । प्रतियोगितामा विजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
















‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया