रिडी मेलाको मुख्य आकर्षक घरेलु सामग्री

गुल्मी। छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु उत्पादनका सामग्रीहरुको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा माघे सङ्क्रान्तिका अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरु किनमेल गर्न आउनेहरुको घुइँचो लागेको थियो ।
हजारौँ मानिसहरुको उपस्थित रहने यस मेलामा राडीपाखी, डोको, डालो, सुपा, काम्लालगायत वस्तुहरुको राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त काठबाट कुँदेर बनाएका ठेका, आरी, ओखरका घाँजी, गुड र चाकु किन्नेहरुको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।
रिडी मेलामा बाग्लुङको ढोरपाटनदेखि रोल्पा, पूर्वी रुकुम र जुम्लादेखि मानिस राडीपाखी, काम्लो ओखरका घाँजी बोकेर व्यापारका लागि बर्सेनि आउने गरेका छन् । यसपटक पनि उनीहरुले यो व्यवसायलाई निरन्तरता दिएको स्थानीय सुन्दर कुसजुले बताए । “उनीहरु मेलामा समूहहरु बनाएर आउने र एक सातासम्म बसेर सामान बिक्री गरी घर फर्कने गर्दछन्”, उनले भने ।
वर्ष दिनसम्म आफूले उत्पादन गरेका सामग्रीहरु सङ्कलन गरेर रिडी मेलामा ल्याउने र उक्त सामीग्रहरु बिक्री गरेर घर खर्च चलाउने गरेको पूर्वी रुकुमबाट रिडी आइपुगेका ५५ वर्षीय मानबहादुर विकले बताए । विगतका वर्षमाभन्दा यसपटकको मेलामा राम्रो व्यापार भएको उनले बताए । मेलामा गिठीको काठबाट कुँदेका ठेका, फलामजन्य सामग्री हँसिया, कोदालो, खुकुरी, बञ्चरोलगायत सामग्रीको पनि यसपटक राम्रो व्यापार भएको उनले बताए ।
बाग्लुङको जलजलादेखि ल्याएका निगालो र बाँसबाट बुनेका डोका, नाम्ला, सुपा र डाला किन्नेको पनि उत्तिकै भीड लागेको थियो । ग्रामीण क्षेत्रमा यी वस्तुहरुको उपयोग बढी हुने भएका कारण मानिस यस्ता वस्तु खरिदका लागि रिडी मेलामा आउने गर्दछन् । पछिल्लो समय बजारमा आएका तयारी वस्तुहरुले पुराना हस्तकलाका सामग्रीको बिक्री कम हुँदै जान थालेको व्यापारका लागि रिडी आइपुगेकी रुकुमकी मनकली श्रीपालीले बताइन् । हातबाट बुनेका कम्बल, काम्लो र राडीपाखीहरुको मूल्य केही महँगो भए पनि लामो समयसम्म टिकाउ र न्यानो हुने उनको भनाइ छ ।
यस्ता प्रकारका सामग्री खरिद गर्नेमा अधिकांश पाकापुस्ताका मानिस बढी देखिने गरेका छन । घरेलु उत्पादित हस्तकलाका सामग्रीको विशेषता र महत्व बुझेका मानिसले यस्ता वस्तु खोजीखोजी किनेर लैजाने गरेको स्थानीय अशोक श्रेष्ठले बताए । रिडी मेलामा रुरु क्षेत्रको दर्शनसँगै घरेलु सामग्री खरिद गर्नका लागि बुटवल, पोखरा, दाङ, नवलपरासी, चितवन र काठमाडौँदेखि मानिसहरु आउने गर्दछन् ।
उद्योग वाणिज्य सङ्घ रिडी शाखा, रुरु फ्रेन्डस क्लब र फ्रेन्डस् क्लब रिडीको संयुक्त आयोजनामा रुरु क्षेत्रमा माघ १ गतेदेखि छ दिनसम्म धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित रिडी मेलाको आयोजना गरिएको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया