धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चल्याे डोजर
मेरोन्यूज
२०८१ माघ ६ गते १६:११

काठमाडौं । उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरूमा डोजर चलाएको छ।
आइतबार काठमाडाैं महानगरपालिकासँग समन्वयन गरी प्राधिकरणले धोबिखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको हो।
अतिक्रमित संरचना अटाउने क्रममा केहि स्थानीयले अवरोध पनि गरेका थिए ।
मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया