युद्धविराम सम्झौताको विरोध गर्दै इजरायलका सुरक्षामन्त्रीले दिए राजीनामा
मेरोन्यूज
२०८१ माघ ६ गते १७:५५

काठमाडौं। इजरायलको सरकारमा सहभागी दक्षिणपन्थी यहूदी पावर पार्टीले युद्धविराम सम्झौताको विरोधमा सरकारबाट बाहिरिने घोषणा गरेको छ।
यो कदमले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अत्यन्त न्यून संसदीय बहुमतको अवस्थामा छोडेको समाचार एजेन्सीहरूले जनाएका छन्।
आइतबार बिहान राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-गभिर, यित्जाक वासरलौफ र अमिचाई एलियाहुले प्रधानमन्त्री नेतान्याहुलाई राजीनामा पत्र बुझाएका छन्।
बेन-गभिरले लामो समयदेखि युद्धविराम सम्झौताको विरोध गर्दै आएका थिए र गाजामा हमासविरुद्ध इजरायलको सैन्य अपरेशन जारी राख्न आग्रह गरेका थिए।
उनले प्रधानमन्त्री नेतान्याहुलाई पठाएको राजीनामा पत्रमा सरकारलाई अस्थिर बनाउन काम नगर्ने बताएका छन्।
उनले युद्धविराम सम्झौताको कडा आलोचना गर्दै यसलाई ‘आतंकवादको पूर्ण विजय’ भनेका छन्।
-एजेन्सी
सम्बन्धित













६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया