समीक्षालक्षित ज्योती मगरको स्टाटस : भर्खर पिलेन चढ्न थालेका पाखे कलाकार आफूलाई स्टार सम्झन थाले

काठमाडौं । गायिका ज्योती मगरले समीक्षा अधिकारीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छन् ।
समीक्षाले श्री एयरलाइन्सको जहाज डिले भएको आक्रोश पोख्दै लेखेकाे स्टाटसलाई लक्षित गर्दै ज्योतीले प्रकृतिभन्दा माथि कोही पनि नभएको र फ्लाइट रद्द हुनु सामान्य कुरा भएको बताइन् ।
‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरू आज भोलि अधिकांश एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयङ्कर ठुलो स्टार सम्झेको देख्दा मलाइ हाँसो उठ्छ’, उनले लेखेकी छन्, ‘…कुनै पनि एयरलाइन्सहरुले जानी जानी दुःख दिँदैनन् । एयरपोर्ट सानो छ । अन्तर्राष्ट्रिय उडा देखि डोमेस्टिक उडान एउटै रनवेमा हुन्छ । विभिन्न टेक्निकल कुराहरू हुन्छन् । जहाजहरू उड्न तथा उडाउन पार्किङ गर्न सबै कुराको अनुमति दिने निश्चित निकायहरू हुन्छन् ।’
समीक्षाले आज फेसबुक स्टाटस लेख्दै श्री एयरलाइन्सले बिहानको उडानलाई दिउँसो सारेकोमा आक्रोश पोखेकी थिइन् । यस एयरलाइन्सकै कारण आफ्नो कार्यक्रम छुटेको भन्दै उनले गुनासो गरेकी थिइन् ।
उनले स्टाटस लेखेकाे छिनभरमै ज्योतीकाे यस्ताे पाेष्ट आएकाे हाे ।
















गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया