समीक्षालक्षित ज्योती मगरको स्टाटस : भर्खर पिलेन चढ्न थालेका पाखे कलाकार आफूलाई स्टार सम्झन थाले

काठमाडौं । गायिका ज्योती मगरले समीक्षा अधिकारीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छन् ।
समीक्षाले श्री एयरलाइन्सको जहाज डिले भएको आक्रोश पोख्दै लेखेकाे स्टाटसलाई लक्षित गर्दै ज्योतीले प्रकृतिभन्दा माथि कोही पनि नभएको र फ्लाइट रद्द हुनु सामान्य कुरा भएको बताइन् ।
‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरू आज भोलि अधिकांश एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयङ्कर ठुलो स्टार सम्झेको देख्दा मलाइ हाँसो उठ्छ’, उनले लेखेकी छन्, ‘…कुनै पनि एयरलाइन्सहरुले जानी जानी दुःख दिँदैनन् । एयरपोर्ट सानो छ । अन्तर्राष्ट्रिय उडा देखि डोमेस्टिक उडान एउटै रनवेमा हुन्छ । विभिन्न टेक्निकल कुराहरू हुन्छन् । जहाजहरू उड्न तथा उडाउन पार्किङ गर्न सबै कुराको अनुमति दिने निश्चित निकायहरू हुन्छन् ।’
समीक्षाले आज फेसबुक स्टाटस लेख्दै श्री एयरलाइन्सले बिहानको उडानलाई दिउँसो सारेकोमा आक्रोश पोखेकी थिइन् । यस एयरलाइन्सकै कारण आफ्नो कार्यक्रम छुटेको भन्दै उनले गुनासो गरेकी थिइन् ।
उनले स्टाटस लेखेकाे छिनभरमै ज्योतीकाे यस्ताे पाेष्ट आएकाे हाे ।












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया